जसपा–एकीकृत समाजवादी एकताका लागि मोडालिटीमा छलफल हुने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबीच औपचारिक रूपमा एकताको प्रक्रिया सुरु भएको छ । दुवै पार्टीले गठन गरेको वार्ता समितिको बीचमा पहिलो बैठक भएको छ ।
पहिलो बैठकबाट एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने सहमति गर्दै कुन मोडालिटीमा पार्टी एकीकरण गर्ने भन्ने विषयले प्रवेश पाएको छ । जसपाबाट गठन भएको वार्ता समितिका एक सदस्यले भने, ‘औपचारिक रूपमा हाम्रो वार्ता सुरु भएको छ, एउटा बैठक सम्पन्न भएको छ, एकता गर्ने सहमति भएको छ तर कुन मोडालिटीमा गर्ने भन्नेबारे अर्को बैठकमा छलफल हुन्छ ।’
सम्भवतः भोलि (बुधबार) वार्ता समितिको बैठक बस्ने ती नेताले बताए । मोडालिटीको बारेमा आआफ्नो पार्टीमा छलफल गरेर बुधबार वार्ता समितिको बैठक बस्ने उनको भनाइ छ । सैद्धान्तिक तथा वैचारिक रूपमा दुवै दलको बीचमा भिन्नता छ । एकीकृत समाजवादी पार्टी कम्युनिस्ट विचारधाराको पार्टी हो भने जनता समाजवादी पार्टी समाजवादी विचारधाराको पार्टी हो । एकीकृत समाजवादी पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेलिनवाद हो । मार्क्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं समाज परिवर्तनको मार्ग दर्शक सिद्धान्त रहेको एकीकृत समाजवादीले जनाएको छ ।
जसपाले पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद हो । यी दुवै विचारलाई मिश्रण गरी नयाँ ढंगबाट अगाडि बढ्ने लगभग सहमतिजस्तै भएको छ । त्यसमा आन्तरिक रूपमा छलफल चलिरहेको छ । पार्टी एकीकरण गर्दा दुईजना अध्यक्ष राख्ने कि एकल अध्यक्ष राख्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । एकजना अध्यक्ष मात्र रहने हो भने अध्यक्ष को बन्ने, पार्टीको नाम र चुनाव चिह्न के हुने जस्ता विषयमा अब प्रवेश हुने ती नेताले बताए । जसपा पटक पटक विभाजित र एकीकृत हुँदै बनेको पार्टी हो भने एकीकृत समाजवादी एमालेबाट अलग भएर बनेको पार्टी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण