राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले पनि हीनताबोध गर्नुपर्दैन : लिङ्देन
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान गर्दा कसैले पनिहीनताबोधगर्न नपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने भन्दै सुशासनको अपेक्षा र विकासका लागि ठोस प्रतिबद्धता सरकारबाट आएकोले आफूहरू सरकारमा सहभागी हुने समेत बताए ।
उनले पृथ्वी जयन्तीलाई सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिँदै भने, ‘म सरकारलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदा कसैले पनिहीनताबोधगर्नुपर्दैन । पृथ्वी नारायण शाह थिए र नेपाल राष्ट्र छ । मैले अघिल्लो कार्यकालमा पनि भन्ने गरेको थिएँ नेपाल राष्ट्र छ र आज पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ । ’
उनले जसले नेपाली नाम र पहिचान दियो त्यो राष्ट्रनिर्मातालाई सम्मान गर्न सकसैले पनि हीनताबोध गर्नुपर्ने भन्दै यो सरकारले हिम्मत गरेर प्रशंसा पाएको बताए । अध्यक्ष लिङ्देनले आफ्नो पार्टीका सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण