सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले पनि हीनताबोध गर्नुपर्दैन : लिङ्देन

मङ्गलबार, २६ पुस २०७९, १४ : ५७
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान गर्दा कसैले पनिहीनताबोधगर्न नपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने भन्दै सुशासनको अपेक्षा र विकासका लागि ठोस प्रतिबद्धता सरकारबाट आएकोले आफूहरू सरकारमा सहभागी हुने समेत बताए । 

उनले पृथ्वी जयन्तीलाई सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिँदै भने, ‘म सरकारलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदा कसैले पनिहीनताबोधगर्नुपर्दैन । पृथ्वी नारायण शाह थिए र नेपाल राष्ट्र छ । मैले अघिल्लो कार्यकालमा पनि भन्ने गरेको थिएँ नेपाल राष्ट्र छ र आज पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ । ’

उनले जसले नेपाली नाम र पहिचान दियो त्यो राष्ट्रनिर्मातालाई सम्मान गर्न सकसैले पनि हीनताबोध गर्नुपर्ने भन्दै यो सरकारले हिम्मत गरेर प्रशंसा पाएको बताए । अध्यक्ष लिङ्देनले आफ्नो पार्टीका सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप