सपनालाई बिपनामा परिणत गर्न यथार्थको धरातलमा टेक्नुपर्छ : माधव नेपाल
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भिजन नभएका र सपना नभएकाहरूले देश बनाउन नसक्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई गफभन्दा बढी काम गर्न आग्रह गर्दै भ्रष्टाचारमा संलग्न नहुने र भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्ने काममा लाग्न आग्रह गरे ।
प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिने बताउँदै उनले देश बनाउने जिम्मेवारी पाएका व्यक्तिमा भिजन पनि हुनुपर्ने बताए ।
‘जुनसुकै नेतृत्वमा देश बनाउने जिम्मेवारी भएका व्यक्तिले देश बनाउने भिजन पनि राख्नुपर्छ । भिजन नभएका र सपना नभएकाहरूले देश बनाउन सक्दैनन्’, अध्यक्ष नेपालले भने, ‘तर सपनाले मात्रै हुँदो रहेनछ । सपना बिपनामा परिणत गर्न यथार्थको धरातलमा टेकेर नेपालका समस्या पहिचान गर्न सक्नुपर्छ र उचित समाधान खोज्नुपर्छ ।’
उनले मुलुकको समस्या समाधान गर्ने क्रममा तात्कालिक, मध्यकालिक र दीर्घकालीन पक्षहरूलाई ध्यान दिनुपर्ने बताए । उनले नेपालको अर्थतन्त्रलाई अघि बढाउन कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सक्नुपर्ने बताए ।
‘कामको गुणस्तरीयताको सुनिश्चित हुन सक्नुपर्छ । हाम्रो समस्या अधिकार माग्ने तर कर्तव्यप्रति गम्भीर बन्ने गरेका छैनौ’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण