माधव नेपालको चेतावनी : हेक्का रहोस् प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै हेक्का राख्न चेतावनी दिएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता नेपालले गिरिजाकाल र उहिले देउवाकालको सरकार नभएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई संसद् विघटन नगर्न सुझाव दिए ।
उनले भने, ‘हेक्का रहोस् प्रधानमन्त्रीले जथाभाबी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् । ख्याल होस् त्यस्तो गरेर प्रतिगमनको कदम चालिएको थियो त्यस्तो कदम नचालियोस्’, अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै भने, ‘मैले त यो गठबन्धनले शिक्षा लिएको होला,महशुस गरेको होला,आत्मालोचना गरेको होला भनेको त यहाँ गर्जेको देख्दा अचम्म पो लाग्यो । म त हिजै जवाफ दिन पक्षमा थिएँ तर किन पहिलो दिनमा जवाफ दिने भनेर समीक्षा र सुधार भएको होला भनेको त ...तर त्यस्तो गोलचक्करमा नफस्नु ।’
उनले संविधानको कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रियता राष्ट्रिय स्वाभिमानलाई जोड दिने आशाका साथ सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण