प्रदेश १ : सभामुखमा सत्ता गठबन्धनबाट बाबुराम गौतमको उम्मेदवारी दर्ता
विराटनगर । प्रदेश १ को सभामुख पदका लागि माओवादीका सांसद बाबुराम गौतमको उम्मेदवारी दर्ता गराएका छन् ।
गौतमको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी रहेका छन् भने नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका छन् ।
५० वर्षीय गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्यतालिका आजै सार्वजनिक भएको थियो ।
तालिका अनुसार आज ३ देखि ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय दिइएको छ । उक्त अवधिमा अन्य दलबाट कुनै पनि उम्मेदवारी नपरे गौतम निर्विरोध सभामुख हुनेछन् ।
उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध, दाबी विरोध उपर छानबिन, उम्मेदवारको नाम फिर्ताको प्रक्रिया आजै पुरा गरी साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।
सभामुखको निर्वाचन २८ गते ११ बजेका लागि तय गरिएको संसद् सचिवालयका प्रमुख सचिव गोपाल पराजुलीले जानकारी दिए ।
यता, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आफूहरूले सभामुखमा उम्मेदवारी नदिने बताएका छन् । संसद् सचिवालयमा रातोपाटीसँग कुरा गर्दै थापाले उपसभामुखमा भने उम्मेदवारी दिने संकेत गरे । ‘हामीले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेका छौं,’ थापाले भने, ‘उपसभामुखमा भने कार्यतालिका आएपछि निर्णय गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण