बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश १ : सभामुखमा सत्ता गठबन्धनबाट बाबुराम गौतमको उम्मेदवारी दर्ता

कांग्रेसले उम्मेदवारी नदिने
मङ्गलबार, २६ पुस २०७९, १५ : ५४
मङ्गलबार, २६ पुस २०७९

विराटनगर । प्रदेश १ को सभामुख पदका लागि माओवादीका सांसद बाबुराम गौतमको उम्मेदवारी दर्ता गराएका छन् । 

गौतमको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी रहेका छन् भने नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका छन् । 

५० वर्षीय गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्यतालिका आजै सार्वजनिक भएको थियो । 

तालिका अनुसार आज ३ देखि ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय दिइएको छ । उक्त अवधिमा अन्य दलबाट कुनै पनि उम्मेदवारी  नपरे गौतम निर्विरोध सभामुख हुनेछन् । 

उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध, दाबी विरोध उपर छानबिन, उम्मेदवारको नाम फिर्ताको प्रक्रिया आजै पुरा गरी साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ । 

सभामुखको निर्वाचन २८ गते ११ बजेका लागि तय गरिएको संसद् सचिवालयका प्रमुख सचिव गोपाल पराजुलीले जानकारी दिए । 

यता, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आफूहरूले सभामुखमा उम्मेदवारी नदिने बताएका छन् । संसद् सचिवालयमा रातोपाटीसँग कुरा गर्दै थापाले उपसभामुखमा भने उम्मेदवारी दिने संकेत गरे । ‘हामीले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेका छौं,’ थापाले भने, ‘उपसभामुखमा भने कार्यतालिका आएपछि निर्णय गर्छौं ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप