बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसले लगायो ह्वीप

मङ्गलबार, २६ पुस २०७९, १६ : २४
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेका हुन् ।

संसदीय दलले ह्वीप लगाएपछि प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका सांसदले पनि मत दिनुपर्ने बाध्यता बनेको छ । संसदीय दलको बैठकमा कांग्रेसका ५ जना सांसदले प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका थिए ।

महामन्त्रीद्व गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले असहमति दर्ज गराएका थिए । अब उनीहरुले पनि प्रचण्डलाई विश्वासको मत दिने भएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप