शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीमा पाठ्यक्रम परिमार्जन गर्नेबारे छलफल

मङ्गलबार, २६ पुस २०७९, १६ : ३१
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धी पदपूर्ति समितिको बैठक सम्पन्न भएको छ । 

लोकसेवा आयोगका सदस्य माधव बेल्वासे, गृह सचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, लोकसेवा आयोगका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, लोकसेवा आयोगका उपसचिव लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागितामा उक्त बैठक सम्पन्न भएको हो । 

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दीपक थापाले  पाठ्यक्रम निर्माण तथा परिमार्जन समिति गठन, पाठ्यक्रम परिमार्जन सम्बन्धी कानुनी प्रावधानहरू, नेपाल प्रहरीमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फ विभिन्न पदहरूको पाठ्यक्रम सम्बन्धी सङ्ख्यात्मक विवरण, मौजुदा पाठ्यक्रममा भएका व्यवस्था र परिमार्जन गरिएका व्यवस्थाहरू लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।  सो क्रममा उनले लोक सेवा आयोगको ‘सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सवा र संगठित संस्थाका पदपूर्तिको लागि दिइने परीक्षाको पाठ्यक्रम सम्बन्धी मापदण्ड, २०७९’ व्यवस्था भए बमोजिम सबै पदहरूको पाठ्यक्रमको ढाँचालाई एकरूपता कायम गरिएको बताए । उक्त बैठकमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल समेत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप