रेशमलगायतका बन्दी कानुनसम्मत ढंगले छुट्छन् : प्रधानमन्त्री प्रचण्ड
मङ्गलबार, २६ पुस २०७९, १६ : ३९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलगायतका बन्दीलाई सरकारले कानुनसम्मत छुटाउन पहल गर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्तावमाथिको छलफलमा संासदहरुले उठाएको मागबारे सरकार र संसद्ले गम्भीरतापूर्वक लिएको भन्दै रेशम चौधरी लगायतका बन्दीलाई न्याय दिनुपर्छ भन्नेमा आफू रहेको बताए ।
उनले पछिल्लो समय सरकारले गरेको सहमतिका आधारमा अध्यादेशमार्फत छुटाउने प्रयास भएपनि अव सदन नै भइसकेकोले सोहीमार्फत समस्या समाधान गरिने बताए ।
‘रेशम चौधरीको मुद्दा जटिल र अप्ठेरो त छ तर छुटाउने पहल सरकारले गर्छ । सदनबाट कानुनसम्मत ढंगले रेशम चौधरीलगायतका बन्दी छुटाउने पहल गरिन्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण