राजनीति
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
मङ्गलबार, २६ पुस २०७९, १७ : ०१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत पाएको सभामुखको हैसियतमा रहेका जेयष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरे । यस्तै दुई सांसदले विपक्षमा मत दिए । मतदानमा २७० सांसद उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण