जाडोका कारण यमनमा सात बालबालिकाको मृत्यु
काठमाडौं । यमनको उत्तरपूर्वी प्रान्त मारिबमा पालमा बस्न बाध्य सात जना बालबालिका कडा चिसोका कारण मृत फेला परेका छन् । आन्तरिक विस्थापनका कारण ती बालबालिका पालमा बस्न बाध्य भएका थिए ।
मारिबमा आन्तरिक विस्थापन शिविरहरूको व्यवस्थापनका लागि गठित यमनको कार्यकारी एकाइले सोबारे जानकारी दिएको हो । हाल सयौँ यमनी बालबालिका जीर्ण पालमा बस्न बाध्य छन् भने कपडाको अभावका कारण निकै कष्टकर दैनिकी बिताइरहेका छन् ।
मारिबको विस्थापन पालमा बस्ने पीडित परिवारहरूले उनीहरूलाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउन मानवीय संस्थाहरूलाई आग्रह गरेका छन् । मारिबको नियन्त्रित प्रान्तमा युद्धग्रस्त यमनमा सबैभन्दा ठूलो विस्थापन शिविरहरू रहेका छन् जहाँ २२ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित रहेका छन् ।
यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ । इरान समर्थित हुथी मिलिशियाले थुप्रै उत्तरी सहरहरूमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेका थिए । यहाँ युद्धले हजारौँको ज्यान लिएको छ भने ४० लाखभन्दा बढी विस्थापित भएका छन् भने देश भोकमरीको चपेटमा परेको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण