लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो स्थायी कर्मचारीका लागि आवेदन
बुधबार, २७ पुस २०७९, ०७ : ४९

कैलाली । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम लोकसेवा आयोगले स्थायी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।
सुदूरपश्चिम प्रदेश र अन्तर्गत निकाय र कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।
योग्यता पुगेका उमेदवारहरूले माघ १७ गतेसमम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा