दयाहाङलाई लिएर नयाँ फिल्म गर्दै निर्देशक दीपक श्रेष्ठ
काठमाडौँ । दीपक श्रेष्ठले अभिनेता दयाहाङ राईलाई लिएर नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । केबल तामाङको प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ । श्रेष्ठकै कथा तथा निर्देशन रहने फिल्मका सुरज आचार्य हेड अफ प्रोडक्शन हुन् ।
सौरभ लामाको छायाङ्कन रहने फिल्मका लागि अहिले दयाहाङ मात्र फाइनल भएका हुन् । निर्माण पक्ष र दयाबिच मंगलबार फिल्म निर्माणको विषयमा सम्झौता भएको हो । फिल्मका लागि एक नायक र एक नायिका केही दिनमा फाइनल गरिने निर्माण पक्षले बताएको छ ।
‘हामी लभ स्टोरी र कमेडी कथामा फिल्म निर्माण गर्दै छौ । फिल्मको छायाङ्कन सिक्किम र इलाममा हुनेछ’ फिल्मको विषयमा निर्देशक श्रेष्ठले भने । माघको २० गतेबाट छायाङ्कन हुने फिल्मको नाम भने अहिले गोप्य राखिएको छ ।
प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ । फिल्मले नेपाल र सिक्किमको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने विश्वास निर्माण पक्षले लिएको छ । प्रस्तुतकर्ता तामाङले भने, ‘पर्यटनका लागि सिनेमा’ भन्ने मूल नारा बोकेर हामी यो फिल्म निर्माण गर्दछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण