शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दयाहाङलाई लिएर नयाँ फिल्म गर्दै निर्देशक दीपक श्रेष्ठ

बुधबार, २७ पुस २०७९, ०९ : ४५
बुधबार, २७ पुस २०७९

काठमाडौँ । दीपक श्रेष्ठले अभिनेता दयाहाङ राईलाई लिएर नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । केबल तामाङको प्रस्तुतिमा तयार हुने फिल्ममा कोमल गुरुङको लगानी रहनेछ । श्रेष्ठकै कथा तथा निर्देशन रहने फिल्मका सुरज आचार्य हेड अफ प्रोडक्शन हुन् । 

सौरभ लामाको छायाङ्कन रहने फिल्मका लागि अहिले दयाहाङ मात्र फाइनल भएका हुन् । निर्माण पक्ष र दयाबिच मंगलबार फिल्म निर्माणको विषयमा सम्झौता भएको हो । फिल्मका लागि एक नायक र एक नायिका केही दिनमा फाइनल गरिने निर्माण पक्षले बताएको छ । 

‘हामी लभ स्टोरी र कमेडी कथामा फिल्म निर्माण गर्दै छौ । फिल्मको छायाङ्कन सिक्किम र इलाममा हुनेछ’ फिल्मको विषयमा निर्देशक श्रेष्ठले भने । माघको २० गतेबाट छायाङ्कन हुने फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । 

प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ । फिल्मले नेपाल र सिक्किमको पर्यटन प्रबद्र्धनमा टेवा पुर्‍याउने विश्वास निर्माण पक्षले लिएको छ । प्रस्तुतकर्ता तामाङले भने, ‘पर्यटनका लागि सिनेमा’ भन्ने मूल नारा बोकेर हामी यो फिल्म निर्माण गर्दछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप