सन् २०२३ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर उत्साहजनक, नेपालको वृद्धिदर ५.१ प्रतिशत
काठमाडौँ । विश्व बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ‘ग्लोबल इकोनोमिक प्रस्पेक्टस्’ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२३ मा विश्वको तुलनामा नेपालको आर्थिक वृद्धि उत्साहजनक रहने प्रक्षेपण गरेको हो ।
विश्व बैंकले दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर तेस्रो स्थानमा रहने तथ्यांक सार्वजनिक गरेको छ । सबैभन्दा धेरै भारतको ६.९ प्रतिशतले आर्थिक वृद्धि हुने तथा बंगलादेशको ५.९ प्रतिशतले आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसपछि नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकले जनाएको छ ।
यस्तै, भुटानको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा कायम रहने छ भने पाकिस्तानको आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित रहनेछ । यसबाहेक श्रीलंकाको आर्थिक वृद्धिदर भने ऋणात्मक स्थितिमा जाने बताइएको छ । यसबाहेक, माल्दिभ्सको आर्थिक वृद्धिदर ८.२ प्रतिशतमा रहने प्रक्षेपण गरिएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको प्रक्षेपणमा भनिएको छ, ‘आन्तरिक मागहरू घटेको कारणले दक्षिण एसियाको आर्थिक वृद्धिदर औसतमा रहनेछ । यसमध्ये भारत, बंगलादेश र नेपालको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा सामान्यरूपमा अघि बढ्ने छ भने भुटानको समेत वृद्धिदर उत्साहजनक नै रहने छ ।’
गत वर्ष सन् २०२२ को तुलनामा भने नेपालको आर्थिक वृद्धिदर खुम्चिने भएको छ । गत वर्ष नेपालले ५.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो । यस्तै, सन् २०२१ मा नेपालले ४.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा आगामी वर्ष सन् २०२४ को आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
यही अवस्थामा सन् २०२३ मा विश्व अर्थतन्त्र भने मन्दीमा जाने सम्भावना देखिएको छ । विश्व बैंकले जारी गरेको प्रतिवेदन अनुसार सन् २०२३ मा विश्व अर्थतन्त्र जम्माजम्मी १.७ प्रतिशतले मात्रै सुधार हुने देखिएको छ । यसको तुलनामा दक्षिण एसियासहित नेपालको आर्थिक वृद्धिदर उत्साहजनक स्थितिमा देखिएको छ । तर, विश्व बैंकले गरेको प्रक्षेपण आगामी दिनमा तलमाथि समेत हुन सक्नेछ ।
विश्व बैंकले यो वर्ष विश्वको अर्थतन्त्र सन् २००९ कै जस्तो मन्दीमा जान सक्ने प्रक्षेपण गरेको छ । कोभिड–१९ महामारीका कारणले विश्वभर आर्थिक समस्या आइरहेको छ । यस्तै, अर्थतन्त्र बचाउन भन्दै विश्वभरका केन्द्रीय बैङ्कहरूले ब्याजदर बढाउँदा आन्तरिक माग र रोजगारी घटेको छ । जसले सन् २०२३ दुखदायी बन्ने सम्भावना देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण