पीएसजीले मेस्सीलाई विश्वकप ट्रफी प्रदर्शन गर्न नदिने
पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सीलाई आफ्नो घरेलु मैदान पार्क डेस प्रिन्सेसमा विश्वकपको ट्रफी प्रदर्शन गर्न नदिने निर्णय गरेको छ । समर्थकहरूबाट आलोचना हुने डरले क्लबले सो निर्णय गरेको बताइएको छ ।
पीएसजीले बुधबार लिग वानमा एंगर्सको आतिथ्य गर्दैछ । सो खेल विश्वकप २०२२ को फाइनलपछि मेस्सीको पहिलो खेल हुनेछ । फ्रेन्च पत्रिका ला पारिसिएनका अनुसार समर्थकको विरोधको सामना गर्नुपर्ने आँकलन गर्दै क्लबले अर्जेन्टिनी कप्तानलाई विश्वकपको ट्रफी प्रस्तुत गर्न अनुमति नदिने भएको हो । यसअघि कुनै पनि खेलाडीले उपाधि जित्दा घरेलु मैदानमा प्रदर्शन गर्ने परम्परा रहँदै आएको थियो ।
अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेज किलियान एम्बाप्पेको मजाक उडाएका कारण मेस्सीले पीएसजीका समर्थकबाट आलोचना खेप्नुपर्ने समेत अनुमान गरिएको छ । ले पारिसिएनका अनुसार मेस्सी पेरिस फर्किएपछि दिइएको ‘गार्ड अफ अनर’ नै विश्वकप विजेताका लागि पर्याप्त रहेको क्लबको बुझाई छ ।
गोलडटकम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण