शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीले मेस्सीलाई विश्वकप ट्रफी प्रदर्शन गर्न नदिने

बुधबार, २७ पुस २०७९, १६ : ५६
बुधबार, २७ पुस २०७९

पेरिस सेन्ट जर्मेनले लियोनेल मेस्सीलाई आफ्नो घरेलु मैदान पार्क डेस प्रिन्सेसमा विश्वकपको ट्रफी प्रदर्शन गर्न नदिने निर्णय गरेको छ । समर्थकहरूबाट आलोचना हुने डरले क्लबले सो निर्णय गरेको बताइएको छ ।

पीएसजीले बुधबार लिग वानमा एंगर्सको आतिथ्य गर्दैछ । सो खेल विश्वकप २०२२ को फाइनलपछि मेस्सीको पहिलो खेल हुनेछ । फ्रेन्च पत्रिका ला पारिसिएनका अनुसार समर्थकको विरोधको सामना गर्नुपर्ने आँकलन गर्दै क्लबले अर्जेन्टिनी कप्तानलाई विश्वकपको ट्रफी प्रस्तुत गर्न अनुमति नदिने भएको हो । यसअघि कुनै पनि खेलाडीले उपाधि जित्दा घरेलु मैदानमा प्रदर्शन गर्ने परम्परा रहँदै आएको थियो ।

अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेज किलियान एम्बाप्पेको मजाक उडाएका कारण मेस्सीले पीएसजीका समर्थकबाट आलोचना खेप्नुपर्ने समेत अनुमान गरिएको छ । ले पारिसिएनका अनुसार मेस्सी पेरिस फर्किएपछि दिइएको ‘गार्ड अफ अनर’ नै विश्वकप विजेताका लागि पर्याप्त रहेको क्लबको बुझाई छ ।

गोलडटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप