सङ्गीतले वैराग कटाउँदै जुम्लाका ज्येष्ठ नागरिक
जुम्लाका ज्येष्ठ नागरिकहरू सङ्गीतसँग रमाउने गरिरहेका छन्। चन्दननाथ नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक सङ्घको कार्यालयमा उनीहरू विभिन्न सङ्गीतको तालमा रमाउने गर्दछन्।
भजन शैलीमा उनीहरू आफै गाउने, आफै रमाउने, आफै बाजा बझाउने एक आपसमा मनोरञ्जनका साथ सुखदुख साटिरहेको ज्येष्ठ नागरिक सङ्घका कार्यवाहक अध्यक्ष तुलाराम न्यौपानेले बताए । प्रत्येक दिन सबै बुढापाकाहरू सङ्घको कार्यालय भेला भएर रमाइलो गर्ने गरेको उनको भनाइ छ। उनीहरू बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सङ्गीत सँगै एक अर्काका सुख दुःख कटाउने गरिरहेका छन्।
कार्यालयमा हार्मोनियम, तबला, खैँजडी, मादल सबै प्रकारका बाजा छन्। कर्णालीको कला संस्कृति लोप हुन नदिने उनीहरूको प्रमुख उद्देश्य हो। पछिल्ला युवा पुस्ताले परम्परागत संस्कृतिमा चासो दिन दिनुपर्ने उनी बताउँछन् । अहिले आधुनिक संस्कृतिले परम्परागत संस्कृति हराउँदै जान थालेकोले परम्परागत संस्कृति बचाउन स्थानीय स्तरमा गुरुयोजना निर्माण गर्नु पर्नेमा तुलाराम न्यौपानेको भनाइ छ।
गुठिचौर गाउँपालिका -५ देपाल गाउँका ७४ वर्षीय मीनबहादुर महतले प्रत्येक दिन ज्येष्ठ नागरिक सङ्घको कार्यालयमा आउने गरेको बताए । गाउँघरमा अलपत्र परिरहेका ज्येष्ठ नागरिक यहाँ आउँदा निकै रमाइलो अनुभूति गरिरहेको महतले जनाए।
उनीहरू एक आपसका सुख दुख साट्ने, जीवनका भोगाइ आदान प्रदान गर्ने र हात हातमा पत्रिका पढ्ने गरिरहेका हुन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण