बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

माघदेखि ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय

बिहीबार, २८ पुस २०७९, १० : ४८
बिहीबार, २८ पुस २०७९

नेपाल बैंकर्स सङ्घले माघ पहिलो सातादेखि लागू हुने गरेर निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । निर्विरोध रूपमा सङ्घको अध्यक्षमा नियुक्त भएका सुनिल केसीले माघ १ गतेदेखि लागू हुने गरेर बैंकको ब्याज घटाउने निर्णय गरेका हुन् ।

हाल १२.१३३ प्रतिशतमा रहेको निक्षेपको ब्याज १.१३३ प्रतिशतले घटेसँगै ११ प्रतिशतमा आउनेछ । यसबाट लामो समयदेखि पिडादायी अवस्थामा रहेको नेपाली अर्थतन्त्रले राहतको महसुस गर्ने बताइएको छ । व्यवसायीहरू विगत लामो समयदेखि बैंक ब्याजदर घटाउनुपर्ने भन्दै आन्दोलनमा छन् ।

यस्तो अवस्थामा बैंकको ब्याजदर १० प्रतिशतले घटेपछि १३ खर्ब ७१ अर्बको निक्षेपमा तत्काल १.१३ प्रतिशतले ब्याज घट्ने बैंकरहरू बताउँछन् । बैंकर मनोज ज्ञवालीले ब्याजदर घटाउने निर्णयसँगै मासिक १ अर्ब २५ करोड रुपैयाँ ब्याज खर्च जोगिने बताए । यससँगै, कूल निक्षेप ३ खर्ब ३२ अर्बमा ०.५५ प्रतिशतले ब्याज घट्दा मासिक १५ करोड घट्दा मासिक १ अर्ब ४० करोड ब्याज खर्च घट्ने ज्ञवालीको भनाइ छ ।

ब्याजर घट्ने निर्णयसँग बैंकहरूको बेस रेट समेत घट्ने छ । यस्तै, मुद्दती खाताको ब्याज समेत घट्दै जाँदा कर्जाको ब्याज समेत घट्ने छ । यसकारण, लामो समयदेखि उद्योगी व्यवसायीले गरिरहेको ब्याजदर घटाउनुपर्ने माग समेत सम्बोधन भएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल २ प्रतिशतसम्म ब्याजदर घटे देशको अर्थतन्त्र मन्दीमा जानबाट जोगिने बताउँछन् ।

उनका अनुसार अहिलेको अवस्थामा २ प्रतिशत मात्रै ब्याजदर घट्दा बजारमा माग सृजना हुने र लगानी समेत वृद्धि हुने भएकाले अर्थतन्त्र चलायमान बन्ने विश्लेषण गरेका हुन् । यद्यपि, बैंकर्स सङ्घले १.१३३ प्रतिशत ब्याज घटाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप