चीनमा मानिसको भीडमा कार हाँक्दा ५ जनाको मृत्यु
बिहीबार, २८ पुस २०७९, १२ : ५८

बेइजिङ । चिनियाँ प्रहरीले ग्वान्झाउमा पाँच जना पैदलयात्रीको मृत्यु हुने गरी कार हाँकेर १३ जनालाई घाइते बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाप्रति सर्वसाधारणको जनआक्रोश फैलाएको छ । धेरैले मानिसलाई जानाजानी लक्षित गरेर आक्रमण गरेको आरोप लगाएका छन् ।
अनलाइन पोस्ट गरिएका भिडियोहरूले दुर्घटना लगत्तै चालकले कारबाट बाहिर निस्केको र बैंक नोट हावामा फालेको देखाएको छ । प्रहरीले २२ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ र अनुसन्धान सुरु गरेको छ ।
१ करोड ९० लाख जनसंख्या भएको दक्षिणी ग्वान्झाउको व्यस्त जक्सनमा बुधबार साँझ भीडमा उक्त घटना भएका थियो । पछिल्लो समय यस्ता घटनाहरु दोहोरिने गरेका छन् । सन् २०२२ को फेब्रुवरीमा एक चालकले दक्षिणी प्रान्त फुजियानमा मानिसहरूमाथि एउटा मिनी ट्रक जोताउँदा तीन जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर