एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
काठमाडौँ । सरकारले नेपाल एक चीन नीतिप्रति दृढ रहेको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल आफ्नो स्थापित नीतिमा अडिग रहेको जानकारी दिएको हो।
केही दिनअघि नेपालमा दलाई लामाको जन्मदिन मनाउन सरकारले अनुमति दिएपछि संसदमा ‘नेपाल एक चीन नीति विपरीत गएको हो?’ भन्दै प्रश्न उठेको थियो। सोही प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने बताए। नेपालले आफ्नो भूमि कुनै पनि मित्र राष्ट्रका विरुद्ध प्रयोग हुन नदिने उनको भनाइ छ।
प्रवक्ता क्षेत्रीले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ। नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग छ।’ उनले एक चीन नीतिमा नेपाल सरकारको अडान र नीति यथावत् रहेको समेत स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
-
बैंकिङ कसुर मुद्दामा महिला पक्राउ
-
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको मुद्दा ‘पूर्ण इजलास’ मा किन पठायो ?
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण