शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा

शुक्रबार, २६ असार २०८३, १७ : २५
शुक्रबार, २६ असार २०८३

सारांश

  • धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध ७२ लाख ५९ हजार ९० रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • आर्थिक वर्ष २०७४/०७५ मा माछाका भुरा वितरणका लागि विनियोजित बजेटमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदिश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदिश शरणविरुद्ध मुद्दा चलाइएको हो।
  • उनीहरूमाथि माछाका भुरा खरिद नै नगरी नक्कली बिल बनाएर सरकारी रकम हिनामिना गरेको आरोप छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध ७२ लाख ५९ हजार ९० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७४/०७५ मा माछाका भुरा वितरणका लागि विनियोजित बजेटमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदिश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदिश शरणविरुद्ध मुद्दा चलाइएको हो।

अख्तियारका अनुसार उनीहरूले माछाका भुरा खरिद नै नगरी नक्कली बिल बनाएको र भुरा प्राप्त नगरेका कृषकहरूको नक्कली नाम, ठेगाना र भर्पाई खडा गरी सरकारी रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ। 

आयोगले उनीहरूबाट बिगो असुल गरी कैद र जरिवानाको मागदाबी गरेको अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप