आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आलोचकलाई समीक्षाको कडा जवाफ, ‘मुख र मलद्वारको काम चिन’

बिहीबार, २८ पुस २०७९, १४ : ३३
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । केही समय मौन रहेकी गायिका समीक्षा अधिकारी पछिल्लो समय आफूलाई गाली गर्ने र अपशब्द बोल्नेहरूप्रति कडा रूपमा प्रस्तुत हुन थालेकी छन् । यस्तैमा बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफूलाई जथाभाबी भन्नेलाई मुख र मलद्वारको काम चिन्न अनुरोध गरेकी छन् ।

‘बचनले दिएको घाउको औषधि बचन नै हो । बचनले घर, समाज र संसार बन्छ, बचनले नै युद्ध भड्कन्छ’, उनले भनेकी छन् ‘सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । उनी अगाडि थप्छिन्, ‘अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरू ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप