स्ववियु निर्वाचनको पूर्व तयारी गर्न देशभरका कलेजहरूलाई त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले देशभरका कलेजहरूलाई स्ववियु निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूलाई परिपत्र गर्दै स्ववियु निर्वाचनको पूर्व तयारी गर्न भनेको हो ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही आधारमा पूर्व तयारी गर्न/गराउन भनेको हो ।
त्रिविको क्यालेन्डर अनुसार हरेक २/२ वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख छ । तर, २०६५ साल यता फागुन १४ गते स्ववियुको चुनाव त्रिविको कार्यतालिकामा मात्रै सीमित हुँदै आएको थियो । २०७३ सालमा आंशिक अर्थात २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । बाँकी क्याम्पसहरूमा चुनाव हुन सकेको थिएन ।
यो पटकको निर्वाचन जसरी पनि गर्नुपर्ने दबाबमा त्रिवि छ । त्यसका लागि विद्यार्थी सङ्गठनहरूले समेत दबाब दिइरहेका छन् । उनीहरूले विज्ञप्ती जारी गरेर तथा त्रिविका पदाधिकारीहरूलाई भेटेर पनि आफ्नो निर्णयबाट पछि नहट्न भनिरहेका छन् । त्रिविले आफ्नो मातहतका निकाय तथा कलेजहरूलाई समेत तयारी थाल्न निर्देशन दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
‘चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला भए, विकल्पमा जाऊँ’
-
राज्यले थेग्न नसक्ने भयो, सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्छ : गोकर्ण विष्ट
-
महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश, छलफलका लागि बोलाइयो
-
बजेटमा निजी क्षेत्रको माग : खाडीमा पानी बेचेर करोडौँ विदेशी मुद्रा नेपालमा भित्र्याऔँ
-
सांसद केसीको प्रश्न : २२ वर्षदेखि निर्माणाधीन पुष्पलाल राजमार्ग किन बनेन ?