स्ववियु निर्वाचनको पूर्व तयारी गर्न देशभरका कलेजहरूलाई त्रिविको निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले देशभरका कलेजहरूलाई स्ववियु निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूलाई परिपत्र गर्दै स्ववियु निर्वाचनको पूर्व तयारी गर्न भनेको हो ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही आधारमा पूर्व तयारी गर्न/गराउन भनेको हो ।
त्रिविको क्यालेन्डर अनुसार हरेक २/२ वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख छ । तर, २०६५ साल यता फागुन १४ गते स्ववियुको चुनाव त्रिविको कार्यतालिकामा मात्रै सीमित हुँदै आएको थियो । २०७३ सालमा आंशिक अर्थात २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । बाँकी क्याम्पसहरूमा चुनाव हुन सकेको थिएन ।
यो पटकको निर्वाचन जसरी पनि गर्नुपर्ने दबाबमा त्रिवि छ । त्यसका लागि विद्यार्थी सङ्गठनहरूले समेत दबाब दिइरहेका छन् । उनीहरूले विज्ञप्ती जारी गरेर तथा त्रिविका पदाधिकारीहरूलाई भेटेर पनि आफ्नो निर्णयबाट पछि नहट्न भनिरहेका छन् । त्रिविले आफ्नो मातहतका निकाय तथा कलेजहरूलाई समेत तयारी थाल्न निर्देशन दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण