आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट

बिहीबार, २८ पुस २०७९, १७ : ५७
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ ।  ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट उपलब्ध हुनेछ । 
साथै, सहकार्य भएका मर्चेन्टहरुको विवरण, छुटको विवरण र छुट अवधि बैंकको आधिकारिक वेबसाइट https://bit.ly/3igOa73 मा उपलब्ध रहने बैंकले जनाएको छ । 

सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप