बागमतीमा सभामुख पदका तीन उम्मेदवार, कसले मार्ला बाजी ?
मकवानपुर । बागमती प्रदेशको सभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवन कुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले मनोनयन दर्ता गरेका छन् ।
सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको थियो भने शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख पदका लागि मत विभाजनको समय निर्धारण गरिएको छ ।
बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइको प्रस्ताव र गीता काफ्लेको समर्थनमा सायजुले पहिलो नम्बरमा मनोनयन दर्ता गरेकी हुन् । उनी भक्तपुरबाट नेमकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी हुन् ।
कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा अधिकारीले मनोनयन दर्ता गरेका हुन् । उनी कांग्रेसको कोटामा धादिङबाट समानुपातिक सांसद चुनिएका हुन् ।
एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलाल ‘शरद’को समर्थनमा सत्ता गठबन्धनको तर्फबाट राप्रपाका पाठकले मनोनयन दर्ता गरेका हुन् ।
सभामुख पदका लागि भोलि बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र भोलि ११ बजेको बैठकमा मत विभाजन हुनेछ ।
‘सभामुखको लागि ३ जनाको उम्मेदवारी परेको छ । सबैको उम्मेदवारी कायम भएको छ । भोलि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुनेछ,’ उनले भने, ‘सोही बैठकमा सभामुख पदका लागि उम्मेदवारी दिएकाहरुबीच मत विभाजन हुने कार्यसूची छ ।’
प्रदेशसभाका बहुमत सांसदहरुको हस्ताक्षर सहित समर्थन पाउने उम्मेदवार सभामुखमा निर्वाचित हुने जनाइएको छ ।
यस्तो छ समीकरण
बागमती प्रदेशसभाको सभामुखका लागि सत्ता गठबन्धन, कांग्रेस र नेमकिपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । उक्त निर्वाचनमा सत्ता गठबन्धनका ५ वटा दलबाट राप्रपाका पाठक उम्मेदवार छन् । पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।
सत्ता गठबन्धनका ५ वटै दलले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित भएर पाठकको पक्षमा मत दिन ह्विप जारी गरेका छन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाका १३ जना सांसद छन् भने पाठकलाई सत्ता गठबन्धनबाट एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन हुने देखिन्छ ।
बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् । कांग्रेसका अधिकारीको पक्षमा ३७ जना सांसद हुने देखिएको छ । यता नेमकिपाकी सयजुको पक्षमा ३ जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण