‘दौतरी’ बनाउँदै मधुसूदन
बिहीबार, २८ पुस २०७९, २१ : ००
काठमाडौँ । मधुसूदन भट्टराईले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘दौतरी’ राखिएको छ । निर्माण युनिटले बिहिबार चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै सार्वजनिक गरेको हो । ‘दौतरी’ नामबाट यस अगाडि पनि नेपाली फिल्म बनेको छ । दयाराम दाहालको निर्देशन रहेको फिल्ममा राजेश हमाल, जल शाह र मेलिना मानन्धरको मुख्य भूमिका रहेको थियो ।
मधुसुदनले अहिले बनाउन लागेको ‘दौतरी’ मा आर्यन सिग्देल, मुकुन भुसाल र अभिनेत्री साक्षी लम्सालको मुख्य भूमिका रहनेछ । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुने लागेको हो । फिल्म पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ । छिरिङ तेन्दुप शेर्पा, विजय चन्द, भुवनकुमार काफ्ले निर्माता रहेको फिल्मको छायाङ्कन फागुनको पहिलो साताबाट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण