रूसद्वारा ३६ बेलायती अधिकारीलाई प्रवेशमा प्रतिबन्ध
बिहीबार, २८ पुस २०७९, २१ : ४८
मस्को । रूस र बेलायतबीचको कूटनीतिक तनावका कारण ३६ जना बेलायती नागरिकलाई रूस प्रवेशमा रोक लगाइएको रुसी विदेश मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रूसले कालोसूचीमा राखेका बेलायती अधिकारीमध्ये मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकायका प्रतिनिधि र पत्रकारसमेत रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रूसलाई बदनाम गर्न र अन्तर्राष्ट्रिय जगत्मा यसलाई एक्ल्याउनका लागि व्यक्तिगत प्रतिबन्धको सक्रिय प्रयोग र सघन प्रचार अभियान सञ्चालन गरेको भन्दै मस्कोले बेलायत सरकारको आलोचनासमेत गरेको छ ।
“जानीजानी रचनात्मक संवादलाई अस्वीकार गर्दै लण्डनले टकरावको नीतिलाई निरन्तरता दिइरहेको र वासिङ्टनसँगको सहकार्यमा रूसको बारेमा गलत सूचना फैलाउने काम गरिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण