रूसद्वारा ३६ बेलायती अधिकारीलाई प्रवेशमा प्रतिबन्ध
बिहीबार, २८ पुस २०७९, २१ : ४८

मस्को । रूस र बेलायतबीचको कूटनीतिक तनावका कारण ३६ जना बेलायती नागरिकलाई रूस प्रवेशमा रोक लगाइएको रुसी विदेश मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रूसले कालोसूचीमा राखेका बेलायती अधिकारीमध्ये मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकायका प्रतिनिधि र पत्रकारसमेत रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रूसलाई बदनाम गर्न र अन्तर्राष्ट्रिय जगत्मा यसलाई एक्ल्याउनका लागि व्यक्तिगत प्रतिबन्धको सक्रिय प्रयोग र सघन प्रचार अभियान सञ्चालन गरेको भन्दै मस्कोले बेलायत सरकारको आलोचनासमेत गरेको छ ।
“जानीजानी रचनात्मक संवादलाई अस्वीकार गर्दै लण्डनले टकरावको नीतिलाई निरन्तरता दिइरहेको र वासिङ्टनसँगको सहकार्यमा रूसको बारेमा गलत सूचना फैलाउने काम गरिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ