शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
छड्के तिलहरीमा सजिएकी मलाइका, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

छड्के तिलहरीमा सजिएकी मलाइका, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २८ पुस २०७९

काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोडा बिहीबार छड्के तिलहरीसहितका गहना लगाएर र्‍याम्पमा उत्रेकी छन् । नेपाल रत्न तथा आभुषण संघले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना गरेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा उनी शो स्टपर बनेकी हुन् । कार्यक्रम अघि मलाइकाले आफू नेपाली गहना र पहिरन लगाएर र्‌याम्प वक गर्न लागेकोमा निकै उत्साहित भएको बताएकी थिइन् ।

पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन फेसन शो को आयोजना गरिएको हो । संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्‍याउने अपेक्षा लिएको बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया