गिटी फोडेर घर व्यवहार चलाउँदै जुम्लाका महिला
जुम्लाको गुठिचौर गाउँपालिका ४ की ४८ वर्षीय देउली जैसी घरको काम सकाएर बचेको समयमा गिटी फोड्छिन्। उनी दैनिक एक हजार रुपैयाँ कमाउँछिन्। उनी घरको काम पनि छुटाउँदिनन्। बचेको समय पनि सदुपयोग गरेर गिटी फोड्छिन्।
अहिले पैसा कमाउनकै लागि अधिकांशका छोरा, श्रीमान् कालापहाडमा छन्, उनले भनिन्,’म घरमै बसेर उनीहरू भन्दा बढी कमाउँछु। परिवार सँगै रमाउँछु।
दुई वर्षदेखि उनले गिटी फोड्न थालेकी हुन। देउलीलाई ५१ वर्षीय श्रीमान् पूर्ण जैसीले साथ दिने गरेका छन्। घरको काम सकाएर उनी गुठिचौर गाउँपालिका नजिकै गिटी फोडिरहेको अवस्थामा भेटिन्छिन्। ती छोरी,दु ई छोराको लत्ताकपडा र पढाइ खर्च पनि गिटी बेचेर कमाएको रकमले धानेको अनुभव उनको छ।
जैसी दम्पतीले गिटी फोडेर वार्षिक दुई लाख रुपैयाँसम्म कमाउँछन्। कमाएको पैसा छोराछोरीको पढाइ तथा घर खर्चमा लगानी गछौँ, पूर्णले भने,‘बचेको रकम बैंकमा जग्गा गर्छौ।’उनका दम्पतीसँगै दर्जनभन्दा बढी महिला गिटी फोडेर जीविकोपार्जन गरिरहेका छन्। उनीहरू सबैको कमाई राम्रै हुने गरेको छ।
अर्की हरिमाया सार्की दूधे बालक च्यापेर गिट्टी फोड्न व्यस्त छिन्। बच्चाको हेरचाह गर्दै काम गर्दा पनि दैनिक ७ सयदेखि एक हजार रुपैयाँसम्म कमाइ हुन्छ। निरन्तर चार दिन गिटी फोड्दा एक ट्याक्टरको टर्ली भरिन्छ। ठेकेदारले एक ट्याक्टर टर्लिको तीन हजार पाँच सय रुपैयाँदेखि चार हजार रुपैयाँसम्म दिन्छन्। उनीहरुले फोडेको गिटी जुम्लाको प्रमुख व्यापारिक केन्द्र मानिने खलङ्गा र तथा गुठिचौर गाउँपालिका भित्रमा खपत हुन्छ।
बजारमा भन्दा गाउँमै अहिले धमाधम पक्की घर तथा सरकारी भवन निर्माण भइरहेकाले उनीहरुले तयार पारेको गिटीले राम्रो मूल्य पाएको छ। झट्ट हेर्दा यो क्षेत्र गिटी उत्पादन गर्ने उद्योगजस्तै देखिन्छ। यहाँ लस्करै लागेर महिलाले गिटी फोडिरहेका हुन्छन्। दिनभर सरकारी कार्यालय तथा अन्य काममा व्यस्त रहने पुरुषले बिहान बेलुका उनीहरूका लागि खानीबाट ढुङ्गा निकाली दिने गरेका छन्।
गिट्टी कुटेर कमाएको पैसा विशेष गरी छोराछोरीको पढाइमा लगानी गर्ने गरेको गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले बताइन्। गिटी कुट्ने अधिकांश महिलाको श्रीमान्, छोराहरु विदेशमा छन्। श्रीमानले कमाएको पैसा बचत गर्छन्। गिटी कुट्ने महिला सबैको घर जस्तापाताले छाएको छन्। कतिपयले अनेत्र घर घडेरीसमेत जोडेको स्थानीयवासी बताउँछन्।
धन कमाउन विदेश नै जानुपर्छ भन्ने सोच बनाएका युवापुस्ताको लागि यी महिला उदाहरणीय बनेका छन्। उनीहरुले बिना लगानी विदेशमा १२ घण्टा खट्ने पुरुष भन्दा बढी आमदानी गर्दै आएका छन्। यहाँ फोडिने गिटी अन्य क्षेत्रमा उत्पादन हुने गिट्टी भन्दा गुणस्तरीय भएकाले पनि अधिक मात्रामा खपत हुने गरेको छ।
एक दिन गिटी नफोड्दा परिवारको रोजीरोटी नै संकटमा पर्ने अवस्था भएपछि ५७ वर्षीय गोइली नेपाली गिटी फोर्न सक्रिय छिन्। उनले डुङ्गासँग खेल्ने काम रहर नभएर बाध्यता भएको सुनाइन। घरमै बसेर रमाउने इच्छा त थियो। भोको पेटले मान्दैन। काम नगरेर खान पुग्दैन। उनले भनिन्,‘छोराछोरी भोक लाग्यो भन्दा कहाँ गएर माग्ने ? अहिले गिटी फोड्न थालेपछि निकै सहज बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण