फ्राइडे रिलिज : सारा भर्सेज साम्राज्ञी
काठमाडौँ । आज शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ । दुबै फिल्म फ्राइडे रिलिजको पुरम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यी मध्य प्रेमकथामा बनेको ‘गुञ्जन’ अष्ट महर्जनको निर्देशनमा बनेको हो, भने ‘तिम्रो मेरो साथ’ कमेडी जनरामा रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । राम्रो दर्शक पाउने अपेक्षा दुबै फिल्म युनिटले गरेका छन् ।
‘गुञ्जन’ ः अष्ट महर्जनको निर्देशनमा डेब्यु फिल्म हो ‘गुञ्जन’ । दुई दशबढी समय द्धोन्द निर्देशन अनुभव सहित उनी फिल्म निर्देशनमा होमिएका हुन् । तर उनले फिल्म प्रेमकथामा बनेका छन् । नयाँ कामको सुरुवात प्रेमबाट गर्ने उदेस्यले प्रेमकथामा फिल्म बनाएको निर्देशक अष्ट बताउँछन् ।
फिल्ममा सारा सिर्पाली, प्रितमराज सेन्चुरी, कविर खड्का, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।
‘तिम्रो मेरो साथ’
साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्पा खड्काको मुख्य भुमिका रहेको ‘तिम्रो मेरो साथ’ रमेश एमके पौडेलको पनि निर्देशनमा डेब्यु फिल्म हो । पौडेल केही फिल्म निर्माण पछि निर्देशनमा होमिएका हुन् । फिल्ममा अभिनेता पुष्प र साम्राज्ञीको अलवा इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दीपिशा केसी लगायतका कलाकारको अभिनय छ ।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको फिलममा शिव ढकालको छायांकन, सुवाष भुषाल÷योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण