शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘दिलराजा’ मा गरिमा र सुधीरको रोमान्स

शुक्रबार, २९ पुस २०७९, ०९ : ४६
शुक्रबार, २९ पुस २०७९

काठमाडौँ । गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको ‘दिलराजा’ बोलको गीत । सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत रमेश दर्नालको छ ।

भिडियोमा गरिमा शर्मा र सुधीर श्रेष्ठ अभिनय देख्न सकिन्छ । काठमाडौँको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायाङ्कन भएको भिडियोमा गरिमा र सुधीर रोमान्टिक अवतारमा देखिएका छन् । भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथा प्रस्तुत गरेको छ । 

गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथि कलाकारको रूपमा छन् । शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन्, भने सम्पादन विकाश दाहालको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप