अमेरिकामा आयोजित मिस युनिभर्सको प्रतियोगितामा सोफियाको ‘देवी अवतार’
शुक्रबार, २९ पुस २०७९, १० : ४७

काठमाडौँ । अमेरिकाको न्यु ओर्लियन्समा आयोजित मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी सोफिया भुजेल ‘देवी’को अवतारमा देखिएकी छिन् ।
७१ औं संस्करणको मिस युनिभर्समा ‘मिस युनिभर्स नेपाल २०२२’को ताज सहित प्रतियोगितामा सहभागी सोफियाले नेशनल कस्ट्युम चरणमा त्रिशुल समातेर देवीको लुक्समा स्टेजमा उत्रिएकी छिन् । यो उनको पहिलो प्रस्तुती हो । सृष्टिकी मुहान नारीलाई प्रेरणाको स्रोतको रुपमा लिनुपर्छ भन्ने सन्देश दिने प्रस्तुतीको उनको कन्सेप्ट प्रेरणा शाहले तयार पारेकी हुन् ।
८० देशका प्रतियोगी सहभागीले प्रतियोगीताको पहिलो दिन नेशनल कस्ट्युम प्रस्तुत गरेका छन् । यसपटकको मिस युनिभर्सको प्रतियोगिता बिहिबारदेखि सुरु भएको हो । अन्तिम स्पर्धा १४ जनवरी अर्थात् शनिबार आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय
-
कृजलको अलराउन्ड प्रदर्शनमा अपीले एलआरआईलाई सजिलै हरायो
-
पशुपति क्षेत्रमा दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध (तस्बिरहरू)
-
संविधानमा लेख्दैमा समाज छुवाछुतमुक्त हुँदैन : सांसद मिजार
-
गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति