अमेरिकामा आयोजित मिस युनिभर्सको प्रतियोगितामा सोफियाको ‘देवी अवतार’
शुक्रबार, २९ पुस २०७९, १० : ४७
काठमाडौँ । अमेरिकाको न्यु ओर्लियन्समा आयोजित मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी सोफिया भुजेल ‘देवी’को अवतारमा देखिएकी छिन् ।
७१ औं संस्करणको मिस युनिभर्समा ‘मिस युनिभर्स नेपाल २०२२’को ताज सहित प्रतियोगितामा सहभागी सोफियाले नेशनल कस्ट्युम चरणमा त्रिशुल समातेर देवीको लुक्समा स्टेजमा उत्रिएकी छिन् । यो उनको पहिलो प्रस्तुती हो । सृष्टिकी मुहान नारीलाई प्रेरणाको स्रोतको रुपमा लिनुपर्छ भन्ने सन्देश दिने प्रस्तुतीको उनको कन्सेप्ट प्रेरणा शाहले तयार पारेकी हुन् ।
८० देशका प्रतियोगी सहभागीले प्रतियोगीताको पहिलो दिन नेशनल कस्ट्युम प्रस्तुत गरेका छन् । यसपटकको मिस युनिभर्सको प्रतियोगिता बिहिबारदेखि सुरु भएको हो । अन्तिम स्पर्धा १४ जनवरी अर्थात् शनिबार आयोजना हुनेछ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण