इलामको दानाबारी जोड्ने सडकमा कालोपत्र
झापा । झापाको दुर्गापुरबाट र इलामको दानाबारी बजार जोड्ने १२ किलोमिटर सडकमा धमाधम कालोपत्र भइरहेको छ । प्रदेश नं १ को भौतिक तथा पूर्वाधार मन्त्रालयको रु २३ करोड ४८ लाख ६६ हजारको लागतमा बन्दै गरेको सडकको ६ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ । यो सडक तराई र पहाड जोड्ने महत्वको सडक भएकाले प्रदेश सरकारको प्राथमिकतामा रहेको भौतिक पूर्वाधार तथा सडक निर्माण कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताए । “दुर्गापुरदेखि दानाबारी पुग्न झन्डै दुई घण्टा लाग्छ”, उनले भने, “अब सडकमा कालोपत्र भएपछि आधा घण्टामै पुग्न सकिन्छ । यसले सो क्षेत्रको आर्थिक विकासका लागि पूर्वाधार बलियो भएको छ ।”
उनका अनुसार यो सडक कालोपत्र गर्ने ठेक्का कनकाई मोतिदान जेभीले लिएको छ । विसं २०७८ भदौ २३ गते ठेक्का सम्झौता भएको र आगामी विसंं २०८० भदौ २२ मा निर्माण सम्पन्न गर्ने योजना छ । हाल प्रदेश सरकारले झापा र इलामका विभिन्न स्थानका दर्जनभन्दा बढी बहुवर्षीय योजनाका सडकमा कालोपत्र भइरहेको उनको भनाइ छ । सो सडक निर्माणपछि दानाबारी क्षेत्रमा उत्पादन हुने कृषिजन्य सामग्री बजारीकरणका लागि सहयोग पुग्ने महमाई नगरपालिका–३ का कुमार कार्कीले बताए । उनका अनुसार यसअघि दानाबारीबाट खुदुनाबारी हुँदै विर्तामोड जाने सडक लामो दूरीको सडक यहाँका बासिन्दाले प्रयोग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियादेखि त्रिपुरेश्वरसम्म : जलिरहेका नागरिकका पदचाप
-
एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता
-
सिन्धिया राजपरिवारको एक खर्ब भन्दा बढीको सम्पत्ति पशुपति र धवलशमशेरका परिवारको भागमा !
-
स्ट्रेट अफ होर्मुजनजिक ओमानको तटमा तीन तेल ट्यांकरमाथि आक्रमण
-
‘५० हजार जरिवानाको कुरा भ्रम मात्रै, जरिवाना तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था’
-
गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण