गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
सारांश
- गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।
- पीडितहरूले विगतमा सरकारले गठन गरेका तीन आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
- माग पूरा नभए काठमाडौँतर्फको यात्रा पुनः सुरु गर्ने चेतावनी पीडितहरूले दिएका छन् ।
काठमाडौँ । जनकपुरधामबाट सुरु भएको मिटरब्याज विरुद्ध (पैदल) न्याय मार्चको छैटौँ दिन बाराको निजगढमा नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत पक्षबिच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ ।
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिका प्रवक्ता नवीन निर्गका अनुसार दोस्रो चरणको वार्ताका क्रममा आन्दोलनकारीहरूले आफ्ना अडानहरू स्पष्ट रूपमा गृहमन्त्रीसमक्ष राखेका छन् ।
वार्तामा सङ्घर्ष समितिले यसअघि सरकारले गठन गरेका तीन वटा आयोगका प्रतिवेदनहरू तत्काल सार्वजनिक गर्न जोडदार माग गरेको छ । ‘नेपाल सरकारले विगतमा गठन गरेका तीन वटा आयोगका प्रतिवेदनहरू सार्वजनिक गरियोस् भनी हामीले स्पष्ट माग राखेका छौँ,’प्रवक्ता निर्गले भने ।
६ बुँदे मागसहित आन्दोलनमा उत्रिएका पीडितहरूले दोस्रो चरणको संवादमा आफ्नो तर्फबाट दृढ अडान प्रस्तुत गरे पनि गृहमन्त्री गुरुङबाट भने यसबारे ठोस प्रतिक्रिया आइनसकेको बताए ।
प्रवक्ता निर्गले भने, ‘हामीले हाम्रा अडानहरू स्पष्टसँग राख्यौँ, तर यसबारेमा गृहमन्त्रीले अहिलेसम्म ठोस रूपमा केही भन्नुभएको छैन ।’
हाल दुवै पक्ष आ–आफ्नो तर्फबाट आन्तरिक गृहकार्य र संवादको समीक्षामा जुटेका छन् । सङ्घर्ष समितिले वार्ताका माध्यमबाट सहमति जुट्न नसके भोलिदेखि नै काठमाडौँतर्फको पैदल यात्रा पुनः सुरु गर्ने चेतावनी दिएको छ ।
‘वार्तामा ठोस सहमति जुट्न सकेन भने हामी भोलिदेखि नै पुनः पैदल यात्रामार्फत काठमाडौँतर्फ अघि बढ्नेछौँ,’प्रवक्ता निर्गले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीविरुद्ध साउन १ गतेदेखि अनलाइनबाटै उजुरी दिन सकिने : मन्त्री रायमाझी
-
सेमिफाइनलमा बेलोन डी’ओर विजेताहरूः फेरि इतिहास रच्ने दाउमा
-
बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
-
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक: अर्थमन्त्री
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा सांसदहरूको सुझाव : ‘अभौतिक’ हटाएर ‘अमूर्त’ वा ‘मौलिक’ राखौँ
-
बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण