बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
मधेश प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री यादवसहित ३ मन्त्रीले लिए शपथ

शुक्रबार, २९ पुस २०७९, १३ : ०६
शुक्रबार, २९ पुस २०७९

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन्। उनले शुक्रबार मधेश भवनमा आयोजित एक समारोबीच शपथ लिएका हुन् ।  यादवले ३ मन्त्री पनि नियुक्त गरेका छन् । उनीहरुले पनि आजै नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

शपथ लिनेहरुमा एमालेबाट सरोज यादव, जसपाबाट सञ्जय यादव र जनमतबाट वसन्त कुशवाहा छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री सरोजकुमार यादव तथा विना विभागीय मन्त्रीहरु सरोज यादव, सञ्जय यादव र वसन्त कुशवाहालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादव बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने उनले आज ३ जना मन्त्रीहरु नियुक्त गरेका छन् ।

मुख्यमन्त्री यादव एमाले, जसपा, जनमत, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र २ जना गरी ६३ जना सांसदको समर्थनमा नियुुक्त भएको थियो । शपथग्रहण समारोहमा जसपा अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय संसदीय दलका नेता रामसहायप्रसाद यादव पनि सहभागी हुनेछन् । मुख्यमन्त्री यादवले भोजपुरीमा तथा मन्त्रीहरु सञ्जय यादव बज्जिका, सरोज यादव मैथिली र बसन्त कुशवाहाले मधेशी भाषमा शपथ लिएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप