मधेश प्रदेशका मुख्यमन्त्री यादवसहित ३ मन्त्रीले लिए शपथ
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन्। उनले शुक्रबार मधेश भवनमा आयोजित एक समारोबीच शपथ लिएका हुन् । यादवले ३ मन्त्री पनि नियुक्त गरेका छन् । उनीहरुले पनि आजै नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
शपथ लिनेहरुमा एमालेबाट सरोज यादव, जसपाबाट सञ्जय यादव र जनमतबाट वसन्त कुशवाहा छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री सरोजकुमार यादव तथा विना विभागीय मन्त्रीहरु सरोज यादव, सञ्जय यादव र वसन्त कुशवाहालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादव बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने उनले आज ३ जना मन्त्रीहरु नियुक्त गरेका छन् ।
मुख्यमन्त्री यादव एमाले, जसपा, जनमत, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र २ जना गरी ६३ जना सांसदको समर्थनमा नियुुक्त भएको थियो । शपथग्रहण समारोहमा जसपा अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय संसदीय दलका नेता रामसहायप्रसाद यादव पनि सहभागी हुनेछन् । मुख्यमन्त्री यादवले भोजपुरीमा तथा मन्त्रीहरु सञ्जय यादव बज्जिका, सरोज यादव मैथिली र बसन्त कुशवाहाले मधेशी भाषमा शपथ लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण