शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : कांग्रेस र नेकपा एसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

शुक्रबार, २९ पुस २०७९, १५ : ३२
शुक्रबार, २९ पुस २०७९

विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ । सरकारले विश्वासको मत माग्न पत्र समेत नपठाएकाले विश्वासको मत नदिने कांग्रेस ससदीय दलका नेता उद्बव थापाले जानकारी दिए । उनले आफ्नो पार्टी सँधै सहयोग गर्न तयार रहेपनि विश्वासको मत भने दिन नसिकएको बताए । यस्तै नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत निदने भएको छ ।

‘सरकारको स्थायित्वको कामना गर्न चाहन्छु तर भावी कार्यक्रम र प्रतिबद्धता नल्याएका कारण विश्वासको मत दिन सक्ने अवस्था छैन’ नेकपा एस संसदीय दलका नेता राजेन्द्र राइले भने, ‘केपी ओली नेतृत्वको सरकारले गरेका काम हेरेर पनि एमालेको नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिने आधार नै छैन ।’ हिजो गरेका गल्ती नसच्याएकाले मुख्यमन्त्री कार्कीलाई साथ दिन नसकिएको उनले बताए । मुख्यमन्त्रीले विश्वासको मतबारे छलफलनै नगरेको समेत उनले बताए ।राईले संसदमा पनि मुख्मन्त्रीले पेलेर लान खोजेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप