बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

शुक्रबार, २९ पुस २०७९, १६ : ०१
शुक्रबार, २९ पुस २०७९

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो ।

यस्तै नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहेका थिए । नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता कार्की यही पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनी  नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना  प्रदेशसभा सदस्यले समर्थन गरेका थिए।

एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप