लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली सुरु
काठमाडौँ । नेसन्स इन्टरिम फोर्स इन लेबनान लेवनानमा तैनाथ श्री गोरखबक्स गणको अदली बदली हुने भएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति सेनामा तैनाथ ६३ औँ डफ्फालाई बदली गर्नको लागि पुरानो गोरख गणको ६४ औं डफ्फा मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन् ।
सो टोलीमा प्रमुख सेनानी अनिल कुमार बुढाथोकीको नेतृत्वमा २१३ जना शान्ति सैनिकहरु रहेको नेपाली सेनाले जानकारी दिएको छ । सेनाका अनुसार नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौँबाट सो टोली ईलाकातर्फ प्रस्थान गरेका छन् ।
उक्त टोलीलाई सैनिक सचिव सहायक रथी गौरवकुमार केसीले गत पुस २९ गते आयोजित एक समारोहमा बिदाइ गरेका थिए । उक्त मिसनमा तैनाथ श्री गोरखबक्स गणको पहिलो टोलीका २१४ जना शान्ति सैनिकहरु सेनानी ईन्द्रभक्त महर्जनको नेतृत्वमा आज नै वायुसेवा निगमको विमानमार्फत स्वदेश आगमन हुने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण