बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुस र युक्रेनबीचको युद्धबारे चीनले के भन्यो ?

शनिबार, ३० पुस २०७९, १३ : ४७
शनिबार, ३० पुस २०७९

संयुक्त राष्ट्र । रुस र युक्रेनबीचको युद्धबारे बोल्दै संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूत झाङ जुनले दुई पक्षबीच वार्ता र सम्झौताका लागि शर्त तयार गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्र संघमा उनले चीनको पक्ष राख्दै युक्रेनको वर्तमान अवस्था युरोपमा लामो समयदेखि रहेको सुरक्षा चिन्ताको परिणाम भएको बताएका हुन् । 

दुई देशबीच शान्तिका लागि हुने वार्ताका सम्बन्धमा उनले युरोपको सुरक्षा चिन्ता समाधान गर्न दुवै पक्षले आफ्ना मतभेद बिर्सेर वार्ताको टेबुलमा आउनु पर्ने बताए । यसको बाटो सहज नभए पनि उनले राजनीतिक इच्छाशक्ति र समझदारीले काम गरेमा शान्ति सम्भव हुने बताए ।

उनले अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी वर्तमान अवस्थामा बढी प्रभाव भएका देशहरूले रुस र युक्रेनलाई वार्ता गर्न र सङ्कटको राजनीतिक समाधान खोज्न प्रोत्साहन गर्नुपर्ने बताए। उनले नाकाबन्दी र हतियारको आपूर्ति बढाउँदा अवस्था परिवर्तन गर्न गाह्रो हुने र यसले ठुलो द्वन्द्वको सम्भावना पनि बढ्न सक्ने बताए । यस कारणले गर्दा स्थिति थप बिग्रने र द्वन्द्व चर्किने सम्भावनाबाट बच्न हरसम्भव प्रयास गर्नुपर्ने उनको भनाई थियो । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप