माघिको अवसरमा गुजरा र चन्द्रपुरमा २ गते सार्वजनिक बिदा
शनिबार, ३० पुस २०७९, १३ : ५७
रौतहट। रौतहटको गुजरा र चन्द्रपुर नगरपालिकाले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । थारु तथा मगर समुदायको महान पर्व माघीको अवसरमा गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाले बिदा दिएको हो ।
चन्द्रपुर नगरप्रमुख सञ्जय कुमार काफ्ले र गुजराका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार जैसवालले छुट्टाछुट्टै सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा माघ २ गते स्थानीय बिदा दिइएको जनाएका छन्।
माघ २ गते थारु समुदायको बाहुल्यता रहेको गुजरा तथा चन्द्रनिगाहपुर क्षेत्रमा विशेष माघी महोत्सव आयोजना हुने भएकाले नगरपालिका अन्तर्गत वडा कार्यालयहरु, विद्यालय र आकस्मिक सेवा बाहेकका स्वास्थ्य संस्थामा उक्त दिन बिदा दिइएको गुजराका मेयर सन्तलाल चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण