सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माघिको अवसरमा गुजरा र चन्द्रपुरमा २ गते सार्वजनिक बिदा

शनिबार, ३० पुस २०७९, १३ : ५७
शनिबार, ३० पुस २०७९

रौतहट। रौतहटको  गुजरा र चन्द्रपुर नगरपालिकाले माघ  २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।  थारु तथा मगर समुदायको महान पर्व माघीको अवसरमा गुजरा  नगरपालिका र चन्द्रपुर नगरपालिकाले बिदा दिएको हो ।

चन्द्रपुर नगरप्रमुख सञ्जय कुमार काफ्ले र गुजराका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार जैसवालले छुट्टाछुट्टै  सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा माघ २ गते स्थानीय बिदा दिइएको जनाएका छन्।

माघ २ गते थारु समुदायको बाहुल्यता रहेको गुजरा तथा चन्द्रनिगाहपुर  क्षेत्रमा विशेष माघी महोत्सव  आयोजना हुने भएकाले  नगरपालिका अन्तर्गत वडा कार्यालयहरु, विद्यालय र आकस्मिक सेवा बाहेकका स्वास्थ्य संस्थामा उक्त दिन बिदा दिइएको गुजराका मेयर सन्तलाल चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप