माइतीघरमा रुवि खानलाई भेट्न पुगे गृहमन्त्री, धर्ना छाड्न आग्रह
काठमाडौँ । गृहमन्त्री रवि लामिछाने माइतीघरमा धर्नारत रुवि खानलाई भेट्न पुगेका छन् । शनिबार लामिछाने खान धर्ना बसिरहेको स्थान माइतीघरमा पुगेका हुन् । नेपालगन्जबाट पैदल हिँडेरै आएर अभियन्ता खान निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक बन्धक बनाई बेपत्ता पारिएकी नन्कुन्नी धोवीको मुद्दाको प्रभावकारी अनुसन्धानको माग गर्दै धर्नारत रहेकी हुन् ।
_Da6WmQWtZL.jpg)
सो क्रममा लामिछानेले सरकार पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको भन्दै धर्ना छाड्न आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईसी० लाई फेरि अनुसन्धान गर्न लगाइने भन्दै लामिछानेले धर्नामा बसेर मात्रै समास्या समाधान नहुने बताएका थिए । उनले सीआईबीको टोलीलाई सघाउन आग्रह समेत गरेका थिए ।
रुविसहित १५ जना यसअघि १ असोजमा २० दिनको न्याय मार्च गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपालगञ्जदेखि काठमाडौं आएका थिए । निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोवीलाई शारीरिक बन्धक बनाई बेपत्ता पारिएको भन्दै स्थानीय प्रशासनले सुनवाइ नगरेपछि उनीहरूले ५०० किलोमिटरको न्याय मार्च गर्दै काठमाडौं आएका हुन् । त्यसपछि माइतीघरमा धर्ना हुँदै आएको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_5nVSKH1yh8.jpg)
_Nd2BqSNSED.jpg)
_FNl4v9Om9c.jpg)
_vURKFdDkqR.jpg)
_dHp90jQ0CW.jpg)
_jFpUGqaQbg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण