मुक्तिनाथ विकास बैंकले बोनस सेयर र नगद लाभांश दिने
पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश दिने भएको छ । शनिबार पोखरामा आफ्नो सोह्रौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । उक्त लाभांश मध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुनेछ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष श्री भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभाले लेखा परीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्ताव पनि पारित गरेको छ । साधारण सभामा अध्यक्ष खगेन्द्रराज रेग्मीले सञ्चालक समितिको तर्फबाट आव २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण