आगलागी पीडित गिरीलाई राहत वितरण
शनिबार, ३० पुस २०७९, १८ : ५४

जुम्ला । जुम्लाको गुठिचाैर गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ। गुठिचौर गाउँपालिका - ३ गर्ज्याङकोटका आगलागी पीडित गोपाल गिरीलाई राहत वितरण गरिएको हो । शनिबार गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी)ले पीडितको घरमै पुगेर राहत वितरण गरेकी छन्।
आगलागी पीडित गोपाल गिरीको घर गएको बुधबार पूर्णरुपमा जलेर नष्ट भएको थियो। उपाध्यक्ष शान्तिका अनुसार गिरिको परिवारलाई गाउँपालिकाले खाद्यान्न लत्ताकपडा लगायतका सामग्री वितरण गरेको हो।पीडितको जलेको घाउमा मलहम लगाउने काम गरेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जमा जसपा नेपालको खबरदारी सभा,परिसंघको संघर्षका कार्यक्रम सार्वजनिक
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण