वायुसेवा निगमले कोषलाई तिर्यो ३३ करोड
शनिबार, ३० पुस २०७९, २१ : १२
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोषलाई किस्ता वापतको रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमले जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको आज विज्ञप्तिमार्फत जनाएको हो ।
‘कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको रकम पछिल्लो पटक पुस २९ गते भुक्तानी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । यसअघि निगमले गत असार ३० गते रु एक अर्ब ३५ करोड र कात्तिक १ गते रु ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको थियो ।
विगतमा विविध कारणले सञ्चयकोष तथा नागरिक लगानीकोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा पछिल्ला दिनमा नियमितरूपमा किस्ता तिर्दै आएको निगमले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
-
द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
-
समाजवादी मोर्चाको औचित्य छैन : मनिष सुमन
-
कास्कीमा चेक बाउन्सका मुद्दाले हैरान
-
भिजाको नेपाल, बङ्गलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद
-
अदालतले पुनः मतगणनाको फैसला गरेपछि व्यासका मेयर भन्छन्- नतिजामा कुनै तलमाथि हुँदैन