मानवअधिकार तथा शान्ति समाजको सभापतिमा बराल निर्वाचित
बुटवल । मानवअधिकार तथा शान्ति समाजको सभापतिमा रामकृष्ण बराल चयन भएका छन् । समाजको पच्चिसौं राष्ट्रिय परिषद बैठकले बराललाई सभापतिमा नर्वाचित गरेको हो । नवलपरासीको भुमहीमा शनिबार भएको निवार्चनमा सुशील बस्नेतलाई पराजित गर्दै बराल निवाचित भएका हुन्।
समाजको वरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल विजयी भएका छन्। रावलले श्यामसुन्दर पराजुलीलाई पराजित गरेका छन् । समाजको उपसभापतिमा राजेन्द्र पौडेल, उपसभापति (महिला) पुष्पा मल्ल र महासचिवमा रेनुका पौडेल निर्वाचित भएका छन् ।
समाजको १ नम्बर प्रदेश सचिवमा लक्ष्मीनारायण मिश्र, मधेस प्रदेश सचिवमा अमर गौतम, बागमती प्रदेशमा चन्द्रमणि बन्जारा, गन्डकी प्रदेशमा सिताराम तिवारी, लुम्बिनीमा सन्तोष अधिकारी छेत्री, कर्णालीमा प्रकाश शाही, सुदूरपश्चिममा भक्तबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।
त्यस्तै सचिव (महिला) मिना ढकाल , सचिव (जनजाति)मा रामप्रसाद जोशी, सचिव (मधेसी) सन्तोषकुमार रौनियार, सचिव (दलित) मा निर्मल नेपाली चयन भएका छन् ।
समाजको केन्द्रीय सदस्यमा नम्रता खरेल, क्षमादेवी अधिकारी, मिरादेवी अधिकारी, फुलु सुनार, ज्ञानेन्द्र निरौला ,विनोदकुमार अधिकारी, डीपी खनाल, देवराज भट्टराई ,दिल्लीप्रसाद जैसी , तुल्सीराम सुनार निर्वाचित भएका छन् । समितिको कार्यकाल २ वर्षको रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण