ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

जुम्लाको तातोपानी गाउँपालिका -६ का ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । वडाध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका ज्येष्ठ नागरिक र एक महिलालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो ।
हिउँदको सिजनमा जुम्लामा चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि ६ का ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष खड्काले बताए। उनका अनुसार ६८ वर्ष माथिका ४३ जनालाई ज्याकेट, ६० वर्ष माथिका ६७ जनालाई मफलर र टोपी तथा २४ जना एकल महिलालाई स्विटर वितरण गरिएको छ।
अपाङ्गता भएकालाई पनि न्यानो कपडा वितरण गरिने जनाए। लक्षित वर्ग सम्मान कार्यक्रमबाट न्यानो कपडा वितरण हो। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईको रोहोबरमा न्यानो कपडा वितरण गरिएको थियो । छुटेका ज्येष्ठ नागरिक र एकल महिलालाई वडामा सम्पर्क गर्न अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
-
जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड
-
निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण
-
‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन, कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आयाे’
-
ललितपुरको ठेचोबाट मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा
-
रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति