बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

कसरी फर्कन्छन् सन्दीप राष्ट्रिय टोलीमा ?

आइतबार, ०१ माघ २०७९, ०८ : ५६
आइतबार, ०१ माघ २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने अहिले नाबालिग बलात्कारकाे आरोप झेली रहेका छन् । उनी दुई दिन अघि २० लाख धरौटीमा रिहा भए । पटन उच्च अदालतले उनलाई विभिन्न सर्तहरू दिएको छ । 

अन्तर्राष्ट्रिय स्तरमा स्थापित भएका सन्दीप अब भने आफूलाई कम ब्याक गर्ने वातावरणमा ल्याउने तयारीमा छन् । राष्ट्रिय टोलीमा सन्दीपको पुनरागमन कहिले हुन्छ ? कसरी हुन्छ भन्ने विषयमा चौतर्फी चर्चा चलेको छ । 

यसैबीच क्यानका अध्यक्ष चतुर बहादुर चन्दले उनलाई राष्ट्रिय टोलीमा फर्काउन आफूहरू लागि पर्ने बताएका छन् । तर, त्यसका लागि उनलाई अदालतको सल्लाह आवश्यक छ । 

यता सन्दीप पनि स्वयमले अहिले आफूले खेल र पुनरागमनको विषयमा नसोचेको मात्र परिवारसँग समय बिताउन चाहना भएको बताएका थिए । उसो त लामो समय राष्ट्रिय टोलीमा रहेका सन्दीपलाई अहिले पनि टिममा बसिरहने योजना त कसो नहोला । 

अहिले सन्दीप थुना मुक्त मात्र भएका हुन् । उनको आरोप साबित भए पुन हिरासतमा जानेछन् भने उनी निर्दोष साबित भए पुरानै अवस्थामा आउनेछन् । 

के सन्दीप राष्ट्रिय टोलीमा फर्कन्छन् ? 

राष्ट्रिय टोलीको खस्कँदो प्रदर्शनले सन्दीपको खाँचो देखाएको छ । तर, आरोपित व्यक्तिलाई कसरी राष्ट्रिय टोलीमा बोलाउन सकिन्छ भन्ने विषयमा भने क्यान ओझेलमा छ । 

राष्ट्रिय टोलीमा सन्दीप फर्कन अहिले सहज छैन । त्यसका लागि अदालत नै पहिलो बाधकका रूपमा आएको छ । अदालतले सन्दीपलाई खेल्न भने रोकेको छैन । तर, विदेश यात्रा, राजधानी बाहिरको यात्रा, सञ्चारमाध्यमहरूमा बोल्न पाउने विषयमा रोक लगाएको  छ । यो सबै हुँदा उनले कसरी राष्ट्रिय टोलीमा आउलान् भन्ने प्रश्न उब्जन्छ । 

सन्दीपलाई क्यानले  निलम्बन गरेको  छ । उनको साटोमा अहिले रोहित कुमार पौड्यलले राष्ट्रिय टोली सम्हाली रहेका छन् । क्यानले भने कारबाही गरेको छैन । अब क्यान सन्दीपको पुनरागमनको विषयमा भने सोच्ने अवस्थामा पुगेको छ । राष्ट्रिय टोलीको खस्कँदो प्रदर्शनले सन्दीपको खाँचो देखाएको छ । तर, आरोपित व्यक्तिलाई कसरी राष्ट्रिय टोलीमा बोलाउन सकिन्छ भन्ने विषयमा भने क्यान ओझेलमा छ । 

क्यानका अध्यक्ष चन्दले राष्ट्रिय टोलीमा सन्दीपलाई फर्काउने वातावरण बनाउने बताएका छन् । टिमलाई उनको खाँचो भएका कारण यो विषयमा आफूहरूले आईसीसी र अदालतसँग राम्रो तरिकाले जानकारी लिएर अघि बढ्ने बताए । 

निलम्बन गरेको अवस्थामा सन्दीपलाई अहिले फुकुवा गर्ने मुख्य अधिकार क्यानसँग छ । उसले फुकुवा गर्न चाहेमा पुनः सन्दीपलाई राष्ट्रिय टोलीको कप्तान बनाउन सक्ने अधिकार छ । 

‘सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काउने विषयमा हामी सोचिरहेका छन् । त्यसका लागि आईसीसी र अदालतसँग सहकार्य गर्न हामी लागि पर्नेछौँ । सन्दीप जस्तो खेलाडी हामीलाई खाँचो छ,’ अध्यक्ष चन्दले भने । 

सन्दीप फर्कन क्यान सक्रिय बन्नु पर्ने 

नेपाली क्रिकेटको मुख्य निकाय भनेको क्यान हो । सन्दीपलाई बलात्कारको आरोप लागेको समयमा क्यानले निलम्बन गरेको थियो । 

क्यानले सन्दीपलाई कारबाही भने गरेको होइन । निलम्बन गरेको अवस्थामा सन्दीपलाई अहिले फुकुवा गर्ने मुख्य अधिकार क्यानसँग छ । उसले फुकुवा गर्न चाहेमा पुनः सन्दीपलाई राष्ट्रिय टोलीको कप्तान बनाउन सक्ने अधिकार छ । 

तर, टिममा खेल्नका लागि भने अहिले नै क्यानले भन्न सक्ने अवस्था छैन । क्यानले अदालतसँग राष्ट्रिय टोलीको अवस्था र सन्दीपको खाँचोको विषयमा सकारात्मक तरिकाले बेली बिस्तार लगाउन सकेका उनले खेल्ने पाउने अवस्था छ । 

त्यसको लागि सन्दीप आफै पनि राष्ट्रिय टोलीमा आउने चाहना देखाउन जरुरी छ । सन्दीपको मुद्दा चलिरहेको सयमा निलम्बन बाहेक आधिकारकी धारणा राख्न नसकेको क्यानले अब उनलाई राष्ट्रिय टोलीमा फर्काउने विषयमा भने धारणा बनाउन सक्ने अवस्था छ । 

उसो त पछिल्लो नेपाली क्रिकेटको अवस्था हेर्दा सन्दीपलाई टिममा बोलाउँदा केही राहत पक्कै हुन्छ । अदालतको आदेशमा सन्दीपलाई क्रिकेट खेल्ने कुरामा कुनै रोक नभएको अवस्थामा विदेश जान र राष्ट्रिय टोलीमा पुनरागमन गर्ने विषयमा क्यान सक्रिय भए पुग्छ । 

क्रिकेट खेल्ने विषयमा अहिले सोचेको छैन : सन्दीप 

सन्दीपले अदालतबाट रिहाइ हुँदा क्रिकेट खेल्ने विषयमा आफूले अहिले नसोचेको बताए । केही समय आफूलाई परिवारसँग बिताउन लाग्ने र त्यसपछि मात्र केही कुरा सोच्ने अवस्था रहेको बताए । 

अदालतले पनि बोल्ने कुरामा रोक लगाएको र आफूले अदालतको आदेशको पालना गर्ने र उक्त आदेशको सम्मान गर्दै तत्कालका लागि केही बोल्ने मनसायमा नरहेको बताए । 

‘अहिले क्रिकेटमा फर्कने विषयमा केही सोच बनाएको छैन । म अदालतको आदेशलाई सम्मान गर्छ । यो मुद्दा छिनोफानो हुने समयसम्म अदालतलाई सधाउने छु,’ रिहाइको समयमा सन्दीपले भनेका थिए । 

सन्दीपलाई राष्ट्रिय टोलीको कप्तानमा फर्काउनु पर्छ : अधिवक्ता घिमिरे 

अधिवक्ता सरोजकृष्ण घिमिरेले क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताएका छन् ।  

उनले बलात्कारको आरोप लागेसँगै क्यानले कप्तानीबाट हटाएको भए पनि जेलबाट छुटिसकेपछि पुनः जिम्मेवारी दिनुपर्ने बताए । उनले सन्दीप मुद्दाका कारण क्यानको निलम्बनमा परेको तर क्यानको कारबाहीमा नपरिसकेकाले पुनः कप्तानी दिनुपर्ने बताए । 

‘सन्दीप निलम्बनमा परेका हुन् । कारबाहीमा होइन, उनी जेलबाट छुटिसकेपछि पुनः क्यानले कप्तानको जिम्मेवारी दिनुपर्छ । क्रिकेटको अवस्था नाजुक छ । क्रिकेटलाई जोगाउनु छ भने क्यानले गम्भीर बनेर नेपालको क्याप्टेन बनाउनुपर्छ,’ घिमिरेले भने । 

आईसीसीले कुनै धारणा छैन 

कुनै पनि क्रिकेट खेलाडी राष्ट्रिय स्तरमा भएको मुद्दा तथा अपराधमा उसलाई कारबाही र निलम्बन गर्ने अधिकार सम्बन्धित सङ्घलाई हुन्छ । 

अन्तर्राष्ट्रिय स्तरको मुद्दा या अपराधको भने आईसीसीलाई हुन्छ । तर, राष्ट्रिय स्तरमा निलम्बन परेको खेलाडीलाई पुन राष्ट्रिय टोलीमा फर्काउन भने आईसीसीको पनि हात हुन्छ । 

सन्दीपको विषयमा भने आईसीसीले कुनै धारणा दिएको छैन । क्यानले आईसीसीसँग सल्लाह लिएको अवस्थामा भने अब आईसीसीको धारणा आउने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप