आजदेखि घट्यो बैंक ब्याजदर
आइतबार, ०१ माघ २०७९, १० : २४
आजदेखि लागू हुने गरेर बैंक ब्याजदर १.१३३ प्रतिशतले घटेको छ । तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा यो ब्याजदर १० प्रतिशतले घटेको हो ।
नेपाल बैकर्स संघले माघ १ गतेदेखि लागू हुने गरेर मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । यससँगै, १२.१३३ प्रतिशत कायम ब्याजदर ११ प्रतिशत कायम भएको छ ।
लामो समयदेखि बढिरहेको ब्याजदर बैकर्स संघले घटाउने निर्णय गरेसँगै उद्योगी-व्यवसायी उत्साही देखिएका छन् । खासगरी, लामो समयदेखि व्यवसायीले ब्याजदर घटाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका थिए ।
मुद्दती ब्याजदर घटेसँगै कर्जाको ब्याज समेत घट्ने अपेक्षा बैंकर्सहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण