कास्कीका सीडीओ भन्छन्, ‘अवस्था भयावह छ’
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले यति एयरलाइन्सको विमान दुर्घटना भएको स्थानबाट कसैलाई जीवित उद्धार गर्ने सम्भावना करिब सकिएको बताएका छन् । उनले अझै पनि उद्धार कार्य जारी रहेको तर कसैलाई पनि जीवित भेट्न नसकिएको रातोपाटीलाई जानकारी दिए ।
‘हालसम्म २०–२२ जनाको शव निकालिएको छ । आगलागी नियन्त्रणमा आएको छ तर तल विमान नदीको खोँचमा खसेका कारण उद्धारमा कठिनाइ भएको छ’, उनले भने, ‘ अवस्था भयावह छ । कसैलाई जीवित उद्धार गर्न सकिने सम्भावना देखिएको छैन । त्यै पनि हामी लागिपरेकै छौँ ।’
उनका अनुसार सेती नदीको निकै तल खोँचमा विमान खसेको छ । दुर्घटनाको खबर पाएसँगै द्रुतगतिमा उद्धार गरिए पनि अहिलेसम्म कसैलाई जीवित उद्धार गर्न नसकिएको केसीको भनाइ छ ।
घटनास्थलबाट केसीले भने, ‘कुनै पनि जिउँदो भएको जस्तो छैन । त्यै पनि जिउँदो निकाल्न सकिन्छ कि भनेर हामी लागिपरेका छौँ । अहिलेसम्म जीवितै वा घाइते अवस्थामा निकाल्न सकिएला कि भनेर लागेको तर सकिएन । सेती नदीको खोँच हो हामी यही आइपुगेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण