यति एयरको जहाज दुर्घटनाप्रति माओवादीद्वारा दुःख व्यक्त
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज भएको यति एयरलाइन्सको विमान दुर्घटनप्रति दुःख व्यक्त गरेको छ । सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्ति जारी गरी जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् । प्रवक्ता महराले हवाई दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले दुर्घटनाका घाइतेहरूको तत्काल उद्दार गरि उपचारको व्यवस्था गर्न अनुरोध समेत गरेका छन् । महराले पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरूरी रहेको बताएका छन् । आइतबार काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा भएको दुर्घटना भएको थियो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण