यति एयरको जहाज दुर्घटनाप्रति माओवादीद्वारा दुःख व्यक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज भएको यति एयरलाइन्सको विमान दुर्घटनप्रति दुःख व्यक्त गरेको छ । सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्ति जारी गरी जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् । प्रवक्ता महराले हवाई दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले दुर्घटनाका घाइतेहरूको तत्काल उद्दार गरि उपचारको व्यवस्था गर्न अनुरोध समेत गरेका छन् । महराले पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरूरी रहेको बताएका छन् । आइतबार काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा भएको दुर्घटना भएको थियो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने भएपछि बेंगलुरु उत्साही
-
मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध
-
उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल
-
बट्लरको स्थानमा यी खेलाडीलाई भित्र्याउँदै गुजरात
-
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प