मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

काठमाडौँबाट उडेको १८ मिनेटमा विमान दुर्घटना : नागरिक उड्ययन प्राधिकरण

आइतबार, ०१ माघ २०७९, १३ : ४७
आइतबार, ०१ माघ २०७९

काठमाडौं । यति एयरलाइन्सको विमान काठमाडौंबाट उडेको १८ मिनेटमा पोखरा स्थित सेती खोचमा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार यति एयर प्रािलको एनवाईटी–६९१, ९ एन–एएनसी विमान पोखरा टावरसँग १० बजेर ५० मिनेटमा सम्पर्कमा आएको थियो । ‘सेती खोच भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात विमान दुर्घटना भएको छ’– नागरिक उडड्यन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विमान ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए । विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप