समाचार
काठमाडौँबाट उडेको १८ मिनेटमा विमान दुर्घटना : नागरिक उड्ययन प्राधिकरण
आइतबार, ०१ माघ २०७९, १३ : ४७
काठमाडौं । यति एयरलाइन्सको विमान काठमाडौंबाट उडेको १८ मिनेटमा पोखरा स्थित सेती खोचमा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार यति एयर प्रािलको एनवाईटी–६९१, ९ एन–एएनसी विमान पोखरा टावरसँग १० बजेर ५० मिनेटमा सम्पर्कमा आएको थियो । ‘सेती खोच भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात विमान दुर्घटना भएको छ’– नागरिक उडड्यन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विमान ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए । विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण