शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यतिको विमान दुर्घटना : ट्रमा सेन्टरमा कार्यरत दुई डाक्टर पनि सवार

आइतबार, ०१ माघ २०७९, १६ : ०२
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । पोखरामा दुर्घटना परेको यति एयरलाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक डाक्टर दम्पत्ति पनि सवार रहेको खुलेको छ । आइतवार काठमाडौंबाट पोखरा लागि उडेको यति एयरलाइन्सको ९ एन–एनएनसी एटीआर विमान विहान पोखराको सेती खोचमा दुर्घटना भएको थियो । 

विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर सुशील श्रेष्ठ पनि सवार रहेको ट्रमा सेन्टरका निर्देशक डा.रुद्र मरासिनीले बताए । यस्तै उनकी श्रीमती डा.सोना र उनीहरुको बच्चा समेत रहेको रहेको पाइएको छ । डा. श्रेष्ठले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सबाट अर्र्थोपडिक सर्जरीमा एमडी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप